काठमाडौँ – राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । संसद सचिवालयको भवनमा दिउँसो १ बजे बस्ने उक्त बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा चालु आर्थिक वर्षमा समितिले सम्पन्न गरेका गतिविधि, कानुन निर्माण तथा संशोधनसम्बन्धी कार्यप्रगति र आगामी कार्ययोजनाबारे विस्तृत रूपमा समीक्षा हुने अपेक्षा गरिएको छ ।






