प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभामा पाँच विधेयक विचाराधीन

काठमाडौँ — प्रतिनिधि सभा विघटनपछि संघीय संसदमा रहेका ३० वटा विधेयक निष्क्रिय भएका छन्। यद्यपि राष्ट्रिय सभामा उत्पत्ति भएका पाँच विधेयक भने हाल पनि विचाराधीन अवस्थामा रहेका छन्।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनाल शर्माका अनुसार ती पाँच विधेयक क्रमशः राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग सम्बन्धित विधेयक, अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयक, र सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुन्।

उहाँका अनुसार पर्यटन, चलचित्र र सामाजिक सञ्जालसम्बन्धी विधेयक हाल समितिमा रहेका छन् र ती विधेयकहरूमा दफावार छलफल गर्ने तयारी भइरहेको छ। साथै, अहिलेको सरकारले पनि वैकल्पिक वित्त परिचालन सम्बन्धी कोष स्थापना गर्ने विधेयक संघीय संसदमा पठाएको छ।

प्रतिनिधि सभा विघटनसँगै राष्ट्रिय सभाको पूर्ण बैठक पनि अन्त्य गरिएको भए पनि राष्ट्रिय सभाका विभिन्न समितिहरू भने नियमित रूपमा बसिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्