रास्वपाको विस्तारित बैठकमा डा. तोसीमा कार्कीलाई बोल्न नदिँदा विवाद

काठमाडौँ – चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा डा. तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै केन्द्रीय सदस्य निशा डाँगीले आपत्ति जनाएकी छन्। कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै गर्दा तोसीमाले आफ्नो धारणा राख्न समय मागेकी थिइन्। तर बैठक सञ्चालनकै क्रममा बोल्ने अनुमति नपाएपछि निशा डाँगीले डा. तोसीमाको पक्षमा बोल्दै उनलाई पनि आफ्नो विचार राख्ने अवसर दिनुपर्ने माग गरेकी हुन्।

तोसीमा बीचमा उठेर समय माग्दा महामन्त्री कविन्द्र बुर्लाकोटी उनी बसेकै सिटमा पुगेर कुरा सुनेका थिए। तर औपचारिक रूपमा बोल्ने अनुमति दिइएन। बैठकमा सहभागी केही नेताहरूले भने डा. तोसीमाको व्यवहारलाई “अपरिपक्व” भन्दै आलोचना गरेका छन्। उनीहरूले तोसीमाले समूहगत छलफलका क्रममा आफ्नो धारणा राखिसकेकी र छुट्टै प्रतिवेदन पेस गर्ने भनिए पनि हालसम्म पेस नभएको जानकारी दिएका छन्।

शुक्रबारदेखि सुरु भएको रास्वपाको विस्तारित बैठक आज साँझ सकिँदैछ। बैठकमा आगामी राजनीतिक रणनीति, संगठन विस्तार र आगामी निर्वाचनका लागि नीतिगत तयारीबारे छलफल भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्