हङकङ सिक्सेसमा नेपालको भारतमाथि ९२ रनको शानदार जित

काठमाडौँ –  हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई एकतरफा खेलमा ९२ रनले पराजित गरेको छ। नेपालले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४५ रनमै समेटियो। भारतीय टोलीका भरत चीप्ली र प्रियङ्क पञ्चलले समान १२–१२ रन बनाए भने बाँकी खेलाडी दोहोरो अंकसम्म पुग्न सकेनन्। नेपालका राशिद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए, बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा कुनै पनि विकेट नगुमाई एक सय ३७ रनको विशाल योगफल बनायो। नेपालका राशिद खानले विस्फोटक ५५ रन, सन्दीप जोराले ४७ रन र लोकश बमले अविजित ३१ रनको योगदान दिए। बाउल लिगअन्तर्गत भएको यो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतमाथि सानदार जित दर्ता गरेको हो। यसअघि बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो।

नेपाल समूह चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित हुँदै बाउल लिगमा पुगेको हो। बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग हारेको थियो। १२ टोली सहभागी हङकङ सिक्सेस क्रिकेट प्रतियोगिता हिजोदेखि सुरु भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्