वर्ल्ड कभर मिडियाको पोस्ट प्रोडक्सनमा रहेको ‘नआइदे याद’ गीत सार्वजनिक 

काठमाडौँ  – सृजना र सेरोफेरो युट्युब च्यानलमार्फत नयाँ गीत ‘नआइदे याद’ सार्वजनिक गरिएको छ। गीतमा भावनात्मक शब्द, मन छोने धुन र आकर्षक अभिनय समावेश गरिएको छ। गीतका शब्द लेखक प्रकाश सुवेदी हुन् भने संगीतकार राजकुमार बगरले संगीत र एरेन्ज साहश शाक्यले गरेका छन्। गीतमा गायिका अन्नु चौधरीको सशक्त स्वर सुन्न सकिन्छ।

गीतको संगीत संयोजन सहस शाक्यले गरेका छन् भने रिकर्डिङ त्रिवेणी डिजिटल स्टुडियोमा गरिएको हो। मिक्सिङ र माष्टरिङ पनि राजकुमार बगरकै हातबाट सम्पन्न भएको छ। भिडिओमा सुधीर श्रेष्ठ, समीया कार्की, दिपेन्द्र राज गिरी, देवी पराजुली, टिका राम पाण्डे, सरिता मगर, जयराम क्षेत्री र जेनिशा धनुकेले अभिनय गरेका छन्। अभिनयको साथसाथै गीतमा प्रस्तुत भावनात्मक कथाले दर्शकको मन छोएको बताइएको छ।

भिडिओको मेकअप आर्टिस्ट अनिमेश जोर्डन, सिनेमाटोग्राफी अजय रेग्मी, सबटाइटल महेश पौडेल, र पोस्टर डिजाइन लोकेश भटले गरेका छन्। गीतको निर्देशन र सम्पादन बिरेन्द्र भट ‘विपिन’ ले गरेका हुन्। भिडिओको पोस्ट–प्रोडक्सन वर्ल्ड कभर मिडिया प्रा.लि., नेपालले गरेको हो। ‘ना आइदे याद’ गीतले बिछोड र सम्झनाको भावनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ, जसमा शब्द, संगीत र दृश्य अभिव्यक्तिको उत्कृष्ट संयोजन देखिन्छ। दर्शक र श्रोता दुवैले गीतको मर्मस्पर्शी प्रस्तुति र उत्कृष्ट निर्माणको प्रशंसा गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्