काठमाडौँ – भड्काउपूर्ण अभिव्यक्ति प्रकरणमा पक्राउ परेका निकोलस भुसालको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो।
अब अदालतले सरकारबाट भुसाललाई पक्राउ गर्ने आधार र कारणबारे लिखित जवाफ माग्नेछ। त्यसपछि मुद्दाको अर्को चरणमा छलफल गरी निर्णय गरिनेछ।






