काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन्।
राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी हुन कात्तिक १७ गते दोहा प्रस्थान गरेका थिए। उनले गत मंगलबार सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै विश्वभर सामाजिक विकास र समावेशी अर्थतन्त्रका लागि सहकार्यको आवश्यकतामाथि जोड दिएका थिए।
सम्मेलनका क्रममा आयोजित ‘सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण’ विषयक उच्चस्तरीय गोलमेच बैठकमा पनि राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए।






