नेपालले यूएईलाई २४० रनको लक्ष्य दियो

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनायो ।

नेपालका भीम सार्कीले ४८ रन र कुशल मल्लले ४५ रनको योगदान दिए । यूएईका बलर जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले दुई–दुई विकेट लिए।

यो खेल त्रिदेशीय शृङ्खलाको अन्तिम भिडन्त हो, जसमा यूएई, नेपाल र अमेरिका सहभागी छन्।

आजको खेलपछि नेपाली टोली स्वदेश फर्कने तयारीमा छ।

नेपाल यसअघि अमेरिकासँगका दुई खेलमा क्रमशः १०६ रन र ४ विकेटले पराजित भएको थियो।

त्यस्तै यूएईसँगको पहिलो खेलमा पनि नेपाल ५ विकेटले पराजित भएको थियो।

अहिलेसम्मको तालिकाअनुसार नेपालले १९ खेलमा १२ अंक हासिल गर्दै सातौँ स्थानमा रहेको छ।

अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ भने यूएई १९ खेलमा ८ अंकसहित पुछारमा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्