सुनचाँदीको मूल्यमा गिरावट, तोलामा एक हजार रुपैयाँभन्दा बढीले सुन सस्तो

 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु १,१०० ले घटेर रु २,३७,२०० मा पुगेको छ ।

हिजो सुनको मूल्य तोलाको रु २,३८,३०० रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलामा रु २५ ले घटेर रु २,९९० मा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य रु ३,०१५ प्रति तोला थियो ।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण पछिल्ला दिनमा निरन्तर अस्थिर देखिएको व्यवसायीहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्