अमेरिकाको न्यू अल्बनी शहरले गर्‍यो “हिन्दू हेरिटेज मन्थ” को घोषणा

 

न्यूयोर्क । अमेरिकाको न्यु अल्बनी शहरले अक्टोबर महिनालाई “हिन्दू हेरिटेज मन्थ” को रुपमा मनाउने भएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको ओहायो राज्यको न्यु अल्बनीमा आयोजित तिहार तथा छठ विशेष कार्यक्रममा मेयर स्लोएन स्पेल्डिंगले यस्तो घोषणा गर्नु भएको हो ।

नेपाल सरकारका अवैतनिक वाणिज्यदूत डा.दामोदर पौडेलको विशेष आतिथ्य रहेको कार्यक्रममा मेयर स्लोएन स्पेल्डिंगले नगरको बहुसाँस्कृतिक नीति माथी प्रकाश पार्दै “हिन्दू हेरिटेज मन्थ” को घोषणा पत्र पढेर सुनाउनु भएको थियो ।

भारतीय मुलका नागरिकहरुको समेत सहभागिता रहेको कार्यक्रममा वाणिज्यदूत डा.पौडेलले नेपालमा तिहार, दिपावली र भारतमा दिवाली भनेर मनाइने पर्वले अमेरिकामा विभिन्न समुदाय जोडने सास्कृतिक पुलको काम गरेको बताउनु भयो । कार्यक्रममा नेपाली मूलकी आरती शर्माको टोलीले भैलीसहितका नृत्यहरु प्रस्तुत गरिएको थियो ।

त्यसैगरि भारतीय हिन्दू मन्दिर कोलम्बसमा घाट नै बनाएर नेपाली र भारतीय समुदायले सामुहिक छठ मनाएका छन । नेपालको जनकपुरमै मनाएको जस्तो झल्को दिएको छठ कार्यक्रममा कोलम्बसस्थित स्थानीय अस्पतालमा कार्यरत डा. सन्जु महतोले आफूहरुले जनकपुरमा रहंदा मनाएको जस्तै अनुभव भएको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्