काठमाडौंको फोहोर समस्या समाधानका लागि मन्त्री घिसिङ बञ्चरेडाँडा पुगे

 

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि शहरी विकास, भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री कुलमान घिसिङ आज बिहान बञ्चरेडाँडा पुगेका छन् ।

विगतमा सरकारले स्थानीयसँग गरेको १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर बिसर्जन रोक लगाएपछि उपत्यकामा फोहोर संकलन प्रभावित भएको छ ।

काठमाडौं महानगरपालिकाले फोहोर बिसर्जनमा रोक लगिएपछि शुक्रबार सूचना जारी गर्दै महानगरबासीलाई घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो ।

समस्या समाधानका लागि शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित पालिकाका जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि मन्त्री घिसिङ स्वयं आज बिहान बञ्चरेडाँडा पुगेका हुन् ।

उनले त्यहाँका स्थानीय प्रतिनिधिसँग छलफल गरी अवरुद्ध फोहोर व्यवस्थापन पुनः सुचारु गर्ने पहल थाल्ने मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्