नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन, महाधिवेशनको मिति बारे सहमति जुटेन

काठमाडौं । आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ । प्रतिनिधि सभा चुनावअघि गर्ने कि पछि भन्ने विषयमा पार्टीभित्र देखिएको मतभेद आज पनि समाधान हुन सकेन ।

पार्टी मुख्यालय सानेपामा बसेको बैठक बिना सहमति सकिएको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले समान धारणा बनाउँदै अघि बढ्ने निष्कर्षसहित बैठक सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार, कसरी अघि बढ्ने भन्ने विषयमा मतभेद भए पनि सहमतिको नजिक पुगेको अनुभूति भएको छ ।

कांग्रेसको संस्थापन पक्षले आगामी प्रतिनिधि सभा चुनावपछि आउँदो वैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् । यही विषयमा छलफल जारी रहेकाले कांग्रेसको चालू केन्द्रीय समिति बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्