मौसम खराबीले उडान प्रभावित, भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थल बन्द

FILE PHOTO

 

काठमाडौँ — देशका विभिन्न विमानस्थलहरूमा खराब मौसमका कारण उडान सेवा स्थगित गरिएको छ। शनिबार बिहानदेखि जारी बाक्लो बादल र न्यून दृश्यताको कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा सम्पूर्ण उडान रोकिएका हुन्।

मौसमविद्हरूका अनुसार, अहिले नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। त्यसका कारण देशभर मौसम बदली रहँदै आएको हो।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ। बागमती प्रदेशका केही स्थानहरूमा र कोशी, मधेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।

माउन्टेन फ्लाइटहरू पनि हिमालमा बाक्लो बादलले ढाकिएपछि रद्द गरिएका छन्। मौसम सुधार भएलगत्तै उडान सेवा सञ्चालनमा ल्याइने सम्बन्धित विमान कम्पनीहरूले जनाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्