काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ।
यो समिति निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा गठन गरिएको हो। आयोगकै कार्यालयमा दिउँसो बस्ने उक्त बैठकमा गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिवसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी हुनेछन्।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, समितिले आजको बैठकमा निर्वाचन सुरक्षासम्बन्धी तयारी, चुनौती र रणनीतिबारे विस्तृत छलफल गर्दै आवश्यक सुरक्षा रणनीति तय गर्नेछ।






