विश्वकप क्रिकेट लिग–२: नेपालले यूएईलाई २३४ रनको लक्ष्य दियो

 

काठमाडौँ — विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई दुई सय ३४ रनको लक्ष्य दिएको छ। यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा दुई सय ३३ रनमा अलआउट भएको हो।

नेपालका कप्तान रोहितकुमार पौडेलले शानदार शतक प्रहार गर्दै १०९ रन बनाए। यस्तै, आसिफ शेखले ३५, आरिफ शेखले २७, र दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए।

बलिङतर्फ यूएईका जाहिद अलीले चार विकेट, जुनैद सिद्दिकीले तीन, भने मोहम्मद रोहिद र हैदर अलीले समान एक–एक विकेट लिए। अब केहीबेरमा यूएईले लक्ष्य पछ्याउने तयारीमा छ।

लिग–२ को अङ्कतालिकामा नेपाल १७ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ भने यूएई १७ खेलमा ६ अङ्कसहित पुछारमा रहेको छ।

यसअघि नेपाल यो श्रृंखलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो। हाल लिग–२ मा अमेरिका २२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा, स्कटल्याण्ड २४ खेलमा ३० अङ्कसहित दोस्रो, र नेदरल्यान्डस् २४ खेलमा २८ अङ्कसहित तेस्रो स्थानमा छन्।

नेपालले यो श्रृंखलाको आफ्नो तेस्रो खेल शनिवार अमेरिकासँग खेल्नेछ र त्यसपछि बुधवार यूएईसँग पुनः भिड्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्