पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव : देशका अधिकांश ठाउँमा वर्षा र हिमपातको सम्भावना

 

काठमाडौं । हाल देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेकाले देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणालीले पनि मौसममा प्रभाव पारेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका भू–भागमा पनि सामान्य बादल रहने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भागमा मध्यम हिमपात हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका यात्रु र किसानहरूलाई सतर्क रहन अनुरोध गरेको छ। मौसममा थप परिवर्तन हुने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी गर्न पनि सुझाव दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्