काठमाडौँ । सोलुखुम्बुको लोबुचे हिमाल क्षेत्रमा रेस्क्युका लागि गएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। बिहान करिब ७:५० बजे भएको सो दुर्घटनामा हेलिकोप्टरका क्याप्टेन विवेक खड्का सकुशल रहेको जनाइएको छ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार हेलिकोप्टर रेस्क्युका लागि गएकै बेला मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ।
सोलुखुम्बुका एक प्रहरी अधिकारीले जानकारी दिँदै भने, “हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकोप्टर चिप्लिएर दुर्घटनामा परेको हो। पाइलटको अवस्था सामान्य छ र अर्को हेलिकोप्टरबाट उद्धार गरिएको छ।”
अल्टिच्युड एयरले हेलिकोप्टरमा रहेका अन्य कर्मचारीको अवस्था पनि सामान्य रहेको जनाएको छ। अहिले घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षा निकायका टोली परिचालित छन्।
मौसममा सुधार आएपछि दुर्घटनाग्रस्त हेलिकोप्टरको थप निरीक्षण र कारण पत्ता लगाउने कार्य अघि बढाइने कम्पनीले जनाएको छ।






