काठमाडौं। जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी र तोडफोड भएपछि बन्द भएको सर्वोच्च अदालतको वेबसाइट पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, हेटौँडामा रहेको ‘ब्याकअप सेन्टर’ बाट आवश्यक डाटा रिकभर गरेर वेबसाइट पुनः सञ्चालनमा ल्याइएको हो। आन्दोलनपछिको केही समय अदालत खुले पनि वेबसाइटमा रहेका सबै डाटा मेटिएका थिए।
जेनजी आन्दोलनपछि सर्वोच्च अदालत केवल कागजी रूपमा मात्र सञ्चालनमा आएको थियो। अब भने अदालतले अनलाइन प्रणालीमार्फत पनि काम प्रारम्भ गरेको जनाएको छ।
सञ्चालनमा आएका वेबसाइटमार्फत अब मुद्दाको तारिख, पेशी विवरण, फैसलासमेतका सम्पूर्ण जानकारीहरू हेर्न सकिने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।






