सिड्नी अस्पतालको आईसीयूमा भारतीय क्रिकेटर श्रेयस अय्यर

भारतीय राष्ट्रिय एकदिवसीय क्रिकेट टिमका उपकप्तान श्रेयस अय्यर अस्ट्रेलियाको सिड्नीस्थित एक अस्पतालको आईसीयूमा भर्ना भएका छन्। शनिबार, अक्टोबर २५ मा भएको तेस्रो एकदिवसीय खेलका क्रममा उनी फिल्डिङ गर्दै चोटग्रस्त बनेका हुन्। खेलको क्रममा अय्यरले एलेक्स क्यारीको क्याच समात्ने प्रयास गर्दा पछाडि दौडँदै नियन्त्रण गुमाएका थिए र त्यसक्रममा उनको देब्रे करङ (rib-cage) क्षेत्रमा गम्भीर चोट लागेको बताइएको छ। चोटपछि तत्काल मैदानबाट ड्रेसिङ रुममा लगिएको अय्यरलाई आन्तरिक रक्तस्रावको आशंकामा तुरुन्त अस्पताल पुर्‍याइएपछि आईसीयूमा भर्ना गरिएको हो।

 

अस्पतालका चिकित्सकका अनुसार उनलाई निरन्तर निगरानीमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर राख्न केही दिन आईसीयूमा राख्नुपर्ने हुनसक्ने अनुमान गरिएको छ। रिपोर्टहरू अनुसार अय्यरको आन्तरिक चोटका कारण रक्तस्राव रोक्ने उपचार भइरहेको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) ले उनलाई अस्पताल भर्ना गरिएको पुष्टि गर्दै थप परीक्षणपछि विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।

 

श्रेयस अय्यरको चोटले भारतीय क्रिकेट टिममा चिन्ता थपिएको छ। खेलको क्रममा अय्यरले ब्याकवर्ड पोइन्टमा उत्कृष्ट क्याच समात्ने क्रममा यो दुर्घटना व्यहोर्नु परेको थियो। उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै टिमका सदस्य र समर्थकहरूले सामाजिक सञ्जालमा शुभेच्छा व्यक्त गरेका छन्। अहिले उनको अवस्था स्थिर रहेको बताइए पनि चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्