तत्काल एकता सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढ्छौँ: प्रचण्ड

File Photo

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्नेहरूसँग तत्काल एकता सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढ्ने बताएका छन् ।

गोरखा जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई परास्त गर्दै पार्टी सुदृढ बनाउन सफल भएको बताए ।

‘हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ,’ प्रचण्डले भने, ‘विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ ।’

कार्यक्रममा संयोजक प्रचण्डले कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भने, ‘अहिले पनि प्रतिगामी खतरा कायम छ । तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन् । त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ ।’

उनले जेनजी आन्दोलनका युवाहरूको अभिभावक माओवादी नै रहेको दाबी गर्दै भने, ‘जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौं । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड रहनेछ ।’

प्रचण्डले जेनजी आन्दोलनलाई आफ्नो पार्टीको उत्तराधिकारी आन्दोलनको रूपमा वर्णन गर्दै भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध माओवादी निरन्तर संघर्षरत रहेको जिकिर गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्