काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उहाँ सिंहदरबारस्थित मन्त्रालयमा पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभयो ।
पदभार ग्रहण समारोहपछि मन्त्री गौतमले जेनजी आन्दोलनका घाइते तथा प्रभावित व्यक्तिहरूका लागि निःशुल्क मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ । उहाँले विज्ञहरूको सुझावका आधारमा परामर्श सेवा प्रभावकारी बनाउन कार्ययोजना तयार पारिने बताउनुभयो ।
पूर्वस्वास्थ्य सचिव रहनुभएकी डा. गौतम यसअघि तत्कालीन स्वास्थ्य मन्त्रीहरू प्रदीप पौडेल र गगन थापाकी सल्लाहकारसमेत रहनुभएको थियो ।
मन्त्री गौतमले स्वास्थ्य सेवामा सुधार र जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।






