शुक्लाफाँटा नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिने

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसानलाई व्यावसायिक आलु खेतीतर्फ प्रोत्साहित गर्न कृषि ज्ञान केन्द्रको विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत पचास प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरिने भएकोछ। यस कार्यक्रमको व्यवस्थापन ध्रुवतारा सामुदायिक कृषि सहकारीले गरेको हो।

सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार, बर्दियाबाट खरिद गरिएको बीउ किसानलाई प्रति किलो रु ४० मा उपलब्ध गराइनेछ। यस अन्तर्गत करिब १२० जना किसान लाभान्वित हुने अपेक्षा गरिएको छ। किसानहरूले कम्तीमा पाँच कट्ठादेखि दस कट्ठासम्म जमिनमा आलु खेती गर्नेछन्।

शुक्लाफाँटा क्षेत्रका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ। यसै कार्यक्रमअन्तर्गत अन्य नगरपालिका र गाउँपालिकामा पनि आलु तथा प्याज खेतीका लागि अनुदान रकम उपलब्ध गराउने योजना बनाइएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार, यस पहलले किसानलाई आधुनिक प्रविधियुक्त र व्यावसायिक खेतीतर्फ उन्मुख गराउने, आत्मनिर्भरता बढाउने र प्रदेशस्तरमा कृषिजन्य उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्