प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि उनले सम्भावित प्रदर्शनतर्फ इंगित गर्दै जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका हुन् ।

गृहमन्त्री अर्यालले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको जानकारी आफूले पाएको पनि बताए । उनले सुरक्षा अवस्थाबारे बैठकमा सूक्ष्म विश्लेषण भएको पनि जानकारी दिए । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा बैठक गररेकी थिइन् । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्