रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

रुकुमपूर्व – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, अहिलेसम्म ७ जनाको शव फेला परिसकेको छ भने १० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि प्रसाद पुनका अनुसार, खलंगाबाट आठबिसकोट नगरपालिका–९ स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको हो ।

प्रहरीले उद्धारको काम जारी राखेको छ । जिपमा करिब २० जना यात्रु सवार थिए । मृतकहरूको परिचय खुल्न बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्