पूर्वी नवलपरासीको गैंडाकोटमा एक युवकको हत्या, ४ जना पक्राउ

सांकेतिक तस्बिर

चितवन- पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ। युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।

हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्