काठमाडौँ । आफैंले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार पौडेलको शुक्रबार बिहान कीर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
गत शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्काल उपचारका लागि कीर्तिपुर वर्न अस्पताल पुर्याइएको थियो।
अहिले यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






