सर्वदलीय बैठकमा दलहरूको चुनावी सुरक्षा प्रति चासो, निर्वाचनमा सर्वसम्मति

 

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा सहभागी दलहरूले आसन्न निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन्। बैठकमा दलका शीर्ष नेताहरूले पालैपालो आफ्ना धारणा राख्ने क्रम अन्त्यतिर पुगेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

मन्त्री खरेलका अनुसार निर्वाचनमा जाने विषयमा सबै दलबीच सहमति देखिएको छ। उनले भने, “निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ, तर सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो दलहरूले राखेका छन्।”

बैठकमा सहभागी नेताहरूका अनुसार मुख्य विपक्षी दल एमालेले वर्तमान सरकारले निष्पक्ष र सफलतापूर्वक निर्वाचन गराउन सक्ने कि नसक्ने भन्ने आशंका व्यक्त गरेको छ। यद्यपि, एमालेले चुनावको विरोध भने गरेको छैन।

बैठकमा आगामी निर्वाचनको मिति, सुरक्षा व्यवस्था, र निर्वाचनपूर्वको राजनीतिक वातावरणबारे छलफल जारी रहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्