प्राधिकरणद्वारा बक्यौता नतिर्ने उद्योगहरूको विद्युत लाइन काटिँदै, अर्बौंको रकम असुली अभियान सुरु

काठमाडौं — नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत लाइन काट्ने अभियान सुरु गरेको छ। मंगलबार बिहान प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सका लाइन काटेको जनाएको छ। यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापत तिर्नुपर्ने थप महसुल नतिरेकाले प्राधिकरणले यस्तो कदम चालेको हो।

जगदम्बा स्टीलले १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको सार्वजनिक बिदामा समेत उद्योगहरूले बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको छ। उनका अनुसार, किस्ताको सुविधा पनि दिइएको छ र पहिलो किस्ता तिरेपछि जुनसुकै समयमा पनि काटिएको लाइन पुनः जडान गर्न सकिने व्यवस्था गरिएको छ। उनले सबै उद्योगहरूलाई समान नीति र कानूनी प्रक्रियाअनुसार नै कारबाही अघि बढाइएको स्पष्ट पारेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्