प्रधानमन्त्री सुशीला कार्की र प्रमुख दलका नेताबीच आज छलफल हुने

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे प्रमुख राजनीतिक दलका नेताहरूसँग महत्वपूर्ण राजनीतिक विषयमा छलफल गर्ने भएकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त छलफलमा तीन ठूला दल — नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का दोस्रो तहका नेता सहभागी हुने तय भएको छ।

नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत,

नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली,

त्यस्तै माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

छलफलमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका प्राथमिकता, र आगामी सहकार्यका विषयमा सर्वदलीय सहमति खोज्ने प्रयास हुने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्