तिहार विशेष सुरक्षा योजना अन्तरगत उपत्यकामा ६ हजार १ सय ६ जना प्रहरी परिचालन, एआईजी कार्कीको सक्रियता उच्च

काठमाडौँ – तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको विशेष सुरक्षा योजना अन्तरगत ६ हजार १ सय ६ जना प्रहरी परिचालन भएका छन् । जुवा तास नियन्त्रणका लागि ठुलो संख्यामा सादा पोशाकका प्रहरीहरु समेत खटिएएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख हुन् एआईजी दान बहादुर कार्की । उनी प्रहरी संगठनभित्र अब्बल प्रहरी अधिकृतको रुपमा परिचित छन् । नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने कार्यमा सधै उनको चर्चा हुने गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधि घटनाहरुलाई निस्तेज पार्न तिहारको समयमा उनले बिशेष सुरक्षा योजना लागु गरेका छन् । तिहारको समयमा उपत्यकामा शान्ति सुरक्षा मजबुत गराउन उनले बिशेष सुरक्षा योजना बनाएर लागु गरेका छन् । योजनाअनुसार उपत्यकाभित्र ६,१०६ जना सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार तिहारको अवसरमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन व्यापक चेकजाँच तथा निगरानी अभियान सञ्चालन गरिनेछ। यसका लागि दिवा र रात्रीकालिन गस्ती परिचालनलाई बढाईएको छ भने डग स्नीफिङ सहितको आकस्मिक चेकजाँचलाई समेत वृद्धि गरिएको छ । त्यसैगरि प्रविधिको प्रयोग मार्फत निगरानी बढाउदै संवेदनशील क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाईएको छ ।

चाडपर्वको मौका छोपेर हुने चोरी, लुटपाट, झैँझगडालगायत अपराधिक गतिविधिबारे सूचना संकलनलाई प्राथमिकता दिइएको छ। यस्ता गतिविधिहरू नियन्त्रण गर्न सादा पोशाकमा समेत ठूलो संख्यामा प्रहरी खटाईएको छ । त्यस्तै, तिहारसँगै व्यापक रूपमा चल्ने जुवा र सट्टेबाजी नियन्त्रणका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ ।

उपत्यका प्रहरीका अनुसार सुरक्षा ब्यवस्थालाई अझ प्रभावकारी बनाउन नागरिकहरूको सहयोग आवश्यक रहेको र कुनै पनि शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी इकाइ वा हेल्पलाइनमा सम्पर्क गर्न आग्रह गरिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठुलो संख्यामा प्रहरीका हतियारहरु लुटिएका छन् । यस्तो अवस्थामा लुटेराहरुले तिहारको समयमा कुनै अपराधिक गतिविधि गर्न नपाउने गरि विशेष सुरक्षा योजना लागु गरिएको छ । नागरिकको सुरक्षाका लागी प्रहरी प्रतिबद्ध रहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सचेत भएर तिहार मनाउन पनि नागरिकहरुमा आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्