कविता : ‘तिम्रो याद, कसरी भनु मलाई  फिक्का चिया  जस्तै लाग्छ’

 – यसोदा रिमाल
याद
चराको चिरबिर संगै
तिम्रो आगमन
भैदिन्छ कि भन्दै
कुरेका
तिम्रो याद,
कसरी भनु
मलाई  फिक्का चिया  जस्तै लाग्छ
दिन बित्दै गर्दा
के का लागि किन
भौतारि रहेका आँखामा
कालो बादल छाईदिन्छ
तेज हावाले उढाई दिन्छ
उफ्
आशाका किरणहरु
कठ्याङ्ग्रिदोँ साँझ
अनि
तिम्रो याद,
कसरी भनु
मलाई आगो  जस्तै लाग्छ
अपरिचत नै ठिक
थियौँ नि हामी
नहुन पर्ने चिनजान
 न हेर्नु  पर्ने बाटो
 बेस्वादिलो जिन्दगीमा
तिमी भेटिनु र छुटिनु
तिम्रो याद,
कसरी भनु
मलाई  नुन जस्तै लाग्छ
सिन्दुरका रङ्गमा
प्रेमको बिम्ब खोज्ने समाज
भावना र अनुभुतिको प्यास
नबुझ्ने सहरमा
तिम्रो याद,
कसरी भनु
मलाई पानी जस्तै लाग्छ
मन्दिरको धूपमा
तिम्रो स्पर्शको गन्ध खोज्ने मन
भीडभाडका गल्लीमा हराएको अनुभूति
रातको निस्तब्धतामा
तिम्रो आवाज सुन्न खोज्ने कान
कसरी भनु
तिम्रो याद,
मलाई मीठो संगित जस्तै लाग्छ
पराईको माया
क्षणभरको सुख
आफन्तको मनमा
दिएर दुख
यादमा सधै आई
रहने
तिम्रो याद,
कसरी भनु
 मलाई प्रिय अति प्रिय लाग्छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्