कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए ।

२९ गते बुधबार भने कांग्रेसको बैठक बसेन । दोस्रो बैठक ३० गते बिहीबार बसेको थियो । दोस्रो बैठकमा सात जना नेताले आ-आफ्नो धारणा राखेका छन् । दोस्रो बैठकमा बोल्ने अधिकांशले नियमित महाधिवेशनमा जोड दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्