संसद् विघटनविरुद्ध एमाले सर्वोच्च नजाने

File Photo

काठमाडौं – नेकपा (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालत नजाने निर्णय गरेको छ । यसअघि गुण्डुमा बसेको सचिवालय बैठकले संसद् विघटनको विरोध गर्दै अदालतमा जाने तयारी गरेको भए पनि पछिल्लो निर्णयअनुसार पार्टीले संस्थागत रूपमा रिट नलिने भएको हो ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले सर्वोच्चमा रिट नलिने स्पष्ट पारेका छन् । उनले भने, “आजै पाँचवटाभन्दा बढी रिट परिसकेका छन्, यो क्रम अझै बढ्छ नै । हामीले संसद् विघटनको विरोध गरेका छौं, तर राजनीतिक रूपमा निर्णय गरेका हौं । निवेदन लिएर अदालत जाँदैनौं ।”

एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र संसद् विघटन दुवैलाई संविधानसम्मत नभएको भन्दै प्रश्न उठाउँदै आएको छ । पार्टीले राजनीतिक आन्दोलनमार्फत् त्यसको प्रतिवाद गर्ने तयारी गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्