गृहमन्त्री अर्यालले भने- “उजुरी आए गिरीबन्धु टी इस्टेट प्रकरणको फाइल खुल्छ”

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरणबारे उजुरी आए फाइल खुल्ने बताएका छन् । सोमबार साँझ मन्त्रालयबाट बाहिरिँदै सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले राज्य संयन्त्रमा यस्ता विषयमा छानबिन गर्न कुनै अवरोध नरहेको बताए ।

‘पहिले उजुरी आउनुपर्‍यो,’ गृहमन्त्री अर्यालले भने, ‘उजुरी अख्तियारमा वा प्रहरी प्रशासनमा आउन सक्छ, अथवा मन्त्रालयमा लिखित रूपमा दिन सकिन्छ ।’ उनले मन्त्रीले आफैं उजुरी हाल्दै नहिँड्ने स्पष्ट पारे ।

गृहमन्त्रीका अनुसार पीडितले बैना रकम संकलन, ठगी वा भ्रष्टाचारसम्बन्धी प्रमाणसहित उजुरी दिए राज्य संयन्त्रले बिना अवरोध छानबिन अघि बढाउनेछ । गिरीबन्धु टी इस्टेट प्रकरण चिया बगानका लागि हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टासँग सम्बन्धित हो । भूमिसम्बन्धी कानुन संशोधनपछि गरिएको सो निर्णय सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो । सो मुद्दामा कानुन व्यवसायी रहँदा अर्याल स्वयंले नेतृत्वदायी भूमिका खेलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्