तयारी अभावका कारण कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौं – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज बस्ने भनिएको बैठक तयारी अभावका कारण भोलि सारिएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब भोलि बिहान ११ बजे बस्नेछ। पौडेलले भने, “आज दिउँसो ३ बजे बस्ने तय गरिएको थियो, तर तयारी नपुगेकाले बैठक भोलि बिहान ११ बजे बस्छ, केन्द्रीय समिति बैठक पनि १ बजे सुरु हुनेछ।”

यसअघि आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि भोलिलाई सारिएको थियो। कांग्रेसभित्र हाल नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद चर्किएको छ। इतर पक्षले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने, संस्थापन पक्षले मंसिरमा नियमित वा विशेष दुवै महाधिवेशन सम्भव छैन भन्ने अडान दोहोर्याउँदै आएको छ।

यसैबीच, असन्तुष्ट समूहका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षको अडानविरुद्ध हस्ताक्षर सङ्कलन समेत सुरु गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्