काठमाडौँ — जेन-जी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्नेहरु को हुन् भन्नेबारे चर्चा भइरहेका बेला प्रहरीले समेत अनुसन्धान थालेको छ । बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएपछि त्यसबारे प्रहरीले चासो देखाएको थियो । त्यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एक अधिकृतले जानकारी दिए । ती अधिकृतका अनुसार हतियार देखाउँदै गरेको भिडियो भाइरल हुन थालेपछि ती व्यक्ति स्वयम् प्रहरीको सम्पर्कमा पुगेका छन् । सुरुमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका तेन्जेन दावाले भिडियोमा देखिएको व्यक्ति आफू भएको बताएका छन् ।जिल्ला प्रहरी परिसर, भद्रकालीमा अहिले ती व्यक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।
‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल देखाउने युवक आफैं पुगे प्रहरीमा






