राष्ट्रपति पौडेलसँग जेनजीको छलफल स्थगित, सोमबारका लागि सारियो

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी समूहको छलफल सोमबारका लागि सारिएको छ। शीतलनिवासमा आज बिहान १० बजेदेखि सुरु हुने भनिएको छलफल दुई दिनपछि सारिएको हो। शीतलनिवास पुगेका जेनजीका एक अगुवाका अनुसार, राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको कारण बैठक स्थगित गरिएको हो।

राष्ट्रपति कार्यालय स्रोतले भनेका अनुसार, राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने आज पनि अनौपचारिक छलफल जारी राखेका छन्। यसअघि राष्ट्रपति, प्रधानमन्त्री र जेनजीका अगुवाबीच छलफल गर्ने गरी आज शीतलनिवासमा बैठक बोलाइएको थियो। तर, शीतलनिवासमा प्रवेश नपाएको भन्दै केही जेनजी सदस्यहरूले गेटबाहिर विरोध प्रदर्शन गरेका थिए।

राष्ट्रपति कार्यालयका अनुसार अब उक्त छलफल सोमबार बिहान पुनः आयोजना गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्