राष्ट्रपति पौडेलसँग जेनजी टोलीको वार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । केही ढिलाइपछि राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूको उपस्थितिमा वार्ता सुरु भएको छ । सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय गरिएको भए पनि अन्ततः सहभागी संख्या २० भन्दा बढी पुगेको एक जेनजी अगुवाले जानकारी दिएका छन् ।

शीतल निवासमा जारी बैठकमा जेनजीका प्रमुख माग र आन्दोलनका कारणबारे विस्तृत छलफल भइरहेको स्रोतले जनाएको छ । वार्तामा मागहरू सम्बोधन गर्ने सम्भावित राजनीतिक र प्रशासनिक विकल्पबारे पनि कुराकानी हुने बताइएको छ ।

राष्ट्रपतिले जेनजी आन्दोलन शान्तिपूर्ण समाधानका लागि संवादमार्फत सहमति खोज्ने पहल स्वरूप यो छलफल आयोजना गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्