भुमि समस्या समाधान आयोग खारेजप्रति एमाले नेतृ चौधरीको आपत्ति

 

काठमाडौं – सरकारले भुमि समस्या समाधान आयोग खारेज गरेपछि नेकपा एमालेकी नेतृ शान्ता चौधरीले तीव्र प्रतिक्रिया व्यक्त गरेकी छन्।

उनले भनेकी छन्, “बधाई छ सरकार! सुकुम्बासीको सपना खारेज भयो, भूमिहिनको आशा खारेज भयो। शिशाको झ्यालमा बस्नेले गरीबलाइ यसरी नै लात हान्न पर्छ। आलिशान महलमा बस्नेले झुपडी बनाउने एउटा टुक्रा नभएकालाई यसरी नै थप्पड हान्न पर्छ। स्याबास सरकार, स्याबास!” चौधरीको अनुसार, आयोगको खारेजीले सुकुम्बासी, भूमिहीन र गरिब वर्गका नागरिकहरूको हितमा ठूलो असर पुर्‍याउने छ। उनले सरकारको यो निर्णय सामाजिक न्याय र गरिब कल्याणको विरुद्ध रहेको आरोप लगाएकी छन्।

सरकारले आयोग खारेज गरेको निर्णयको औचित्य हाल सार्वजनिक गरिएको छैन।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्