सिंहदरबारभित्र जलेका सवारी साधन बानेश्वर सारिए

काठमाडौं – जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र आगजनीमा परेका सवारी साधन उठाएर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) परिसरमा सारिएको छ। सिंहदरबार परिसरभित्र एक हजारभन्दा बढी सवारी साधन जलेका थिए। ती सवारी साधन हटाउने र व्यवस्थापन गर्ने काम अहिले तीव्र गतिमा भइरहेको छ।

जलेका सवारी साधन व्यवस्थापनमा खटिएका एक कर्मचारीका अनुसार, “यहाँ राखेर राम्रो देखिएन, त्यसैले धमाधम उठाएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा राखिएको हो।” सरकारले जेनजी आन्दोलनपछि आगजनीमा परेका सार्वजनिक सम्पत्तिको क्षतिको विवरण संकलन र व्यवस्थापनका लागि छुट्टै टोली खटाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्