काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले ऐतिहासिक उचाई बनाएको हो । पछिल्लो समय सुनको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढीरहेको छ । यसैगरी, यस दिन चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियाे । चाँदीको उक्त मूल्य नै हालसम्मकै उच्च हो






