रास्वपा सचिवालय बैठक बस्दै, यी तीन विषयमा हुनेछ छलफल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ। आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकले पार्टीको विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थापनबारे निर्णय गर्नेछ।

त्यस्तै पछिल्लो असोज १७ देखि १९ गतेसम्मको मनसुनजन्य विपदमा पार्टीको सक्रियता र यसको निरन्तरताबारे पनि छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले सद्भाव यात्रा गर्दैछ। त्यसको कार्यसूचीबारे आज छलफल हुने झाले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्