५५ वर्षिया आमाको हत्या आरोपमा ३० वर्षिया छोरा पक्राउ

काठमाडौँ – धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।  त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीमा ५५ वर्षीया राममाया कँडेलको हत्या भएको छ। राममायाको हत्या आरोपमा प्रहरीले उनकै ३० वर्षीय छोरा यमबहादुर कँडेललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार यमबहादुरले धारिलो हतियार प्रहार गरी आमा राममायाको हत्या गरेको आरोप छ।हत्या गरेको खबरपछि जिल्लाबाट डिएसपी प्रकाश दाहालको टोली घटनास्थलमा खटिएको थियो। टोलीले यमबहादुरलाई हतियारसहित पक्राउ गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्