उर्जामन्त्रि घिसिङ र गृहमन्त्री अर्याल आज इलाम जाँदै

काठमाडौं – पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न वर्तमान सरकारका दुई मन्त्रीहरु आज इलाम जाने तयारीमा छन् । मौसम अनुकूल भएमा मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल इलाम जाने भएका हुन् । काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी छ ।

असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्