कार्यकर्ताहरुलाई बाढी–पहिरोपीडितको उद्धार र राहतमा सक्रिय रहन नेता साउँदको आग्रह

File Photo

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले हाल देशभर भइरहेको अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानबाट भएको ठूलो जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

साउदले सामाजिक सञ्जालमा भनेका छन्, “विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु।”

उनले  इलाम, पाँचथर लगायतका विभिन्न स्थानहरूमा ठुलो जनधनको क्षति भएको र कैयौं मानिस हराइरहेको खबर अत्यन्त पीडादायी भएको उल्लेख गरेका छन् उनले रसुवामा पनि केही व्यक्ति वेपत्ता भएको उल्लेख गर्दै अन्य धेरै क्षेत्रमा घर, सडक र राजमार्गहरू क्षतिग्रस्त भएको बताए । साउदले प्राकृतिक विपदमा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले भनेका छन्, “अझै पनि जोखिम पूर्ण रूपमा टरेको छैन। त्यसैले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गर्दछु।”

साउदले नेपाली कांग्रेसका सबै तहका नेताकार्यकर्ताहरू र भातृसंस्थाका सदस्यहरूलाई आफू कार्यरत क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कार्यमा सक्रिय रहन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्