काठमाडौं – अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले ठूला मानवीय क्षति पु¥याएको छ । सशस्त्र प्रहरीले संकलन गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म जिल्लाभर ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
सशस्त्र प्रहरीलले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय-१ मा ५, इलाम नगरपालिका-१ मा ६ जनाको मृत्यु भएको छ । देउमाइमा ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको मृत्यु भएको छ । पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो । हालसम्म प्राप्त विवरणअनुसार सूर्योदय नगरपालिका-१ बस्ने करिब ६०-६५ बर्षकी मनमाया क्षेत्री, ११ बर्षकी रश्मीका क्षेत्री छन् । त्यस्तै वतन नखुलेको अन्दाजी ४०-४५ वर्षकी महिला र बतन नखुलेको अन्दाजी १५-१६ बर्षकी वालिका छन् । इलाम नगरपालिका ६ बस्ने २३ वर्षिय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन र २३ बर्षीय विराज पाख्रिन छन् । त्यस्तै ३२ बर्षिया अनु तामाङ ३२ बर्षिया प्रनिशिका मगर र ४ बर्षिय आरुष दनुवारको पनि मृत्यु भएको छ ।






