सुनको मूल्य ऐतिहासिक रेकर्डमा, आज मात्रै ७ हजार ४०० रुपैयाँले बढ्यो

काठमाडौं – दशैं बिदापछि पुनः सञ्चालनमा आएको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबारको तुलनामा ७ हजार ४०० रुपैयाँले बढी हो।

यसअघि असोज १२ गते, दशैं बिदा सुरु हुनु अघि, सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो। यो वृद्धि पछिसँगै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँ मा कारोबार भएको चाँदी आइतबार बढेर २ हजार ९३० रुपैयाँ पुगेको छ। दशैं बिदापछि पहिलोपटक मूल्य निर्धारण पुनः सुचारु हुँदा सुन र चाँदी दुबैको मूल्य ऐतिहासिक रूपमा उच्च स्तरमा पुगेको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्