बाढी–पहिरोको जोखिम बढेपछि जोखिमयुक्त यात्रा नगर्न अध्यक्ष लामाको अनुरोध

सिन्धुपाल्चोक – लगातारको वर्षासँगै पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न भूभागहरूमा बाढी र पहिरोको जोखिम उच्च बनेको भन्दै गाउँपालिकाले सर्वसाधारणलाई बेलुकाको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जारी गरेको सूचनामा असोज २० गतेसम्म देशका धेरै स्थानमा चट्याङसहित ठूलो वर्षा हुने मौसमविद्हरूको पूर्वानुमान रहेको भन्दै गाउँपालिकाको भूभाग पनि जोखिमयुक्त अवस्थामा रहेको उल्लेख गरिएको छ।

“पाँचपोखरी दर्शन मात्र होइन, गाउँपालिकासम्मको यात्रा पनि अहिले जोखिमपूर्ण छ। यस्तो बेला जबरजस्ती यात्रा नगरौँ। सुरक्षा नै ठूलो दर्शन हो,” अध्यक्ष लामाले भने ।  मौसमी वर्षाका कारण गाउँपालिकाका धेरै सडक खण्डहरूमा यातायात अवरुद्ध हुनसक्ने, पहिरो र बाढीका घटना बढ्न सक्ने भन्दै स्थानीय बासिन्दा र तीर्थयात्रीहरूलाई सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्