काठमाडौं उपत्यकाभित्र विपद्‌पीडितको नि:शुल्क हेलिकप्टर उद्धार सेवा घोषणा

FILE PHOTO

 

काठमाडौं । काठमाडौं उपत्यकाभित्र हुने विपद्‌जन्य घटनामा उद्धारका लागि हेलिकप्टर नि:शुल्क प्रयोग गर्न सकिने भएको छ।

वायुसेवा सञ्चालक संघ नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका उद्धार कार्यमा हेलिकप्टर नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको हो। संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा सदस्य वायुसेवा कम्पनीहरूले नि:शुल्क सेवा दिने उल्लेख गरिएको छ।

हाल देशभर निरन्तर परिरहेको वर्षाका कारण विभिन्न स्थानमा बाढी, पहिरो र अन्य विपद्‌जन्य घटनाहरू बढ्दै गएपछि गृह मन्त्रालयले उद्धारका लागि हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो।

त्यसअनुसार संघअन्तर्गतका कम्पनीहरूले हेलिकप्टर तयारी अवस्थामा राखिसकेको संघले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,

“काठमाडौं उपत्यकाभित्र हुने विपद्‌जन्य घटनामा सदस्य वायुसेवा कम्पनी (हेलिकप्टर)हरूले नि:शुल्क उद्धार गर्नेछन्। उद्धार कार्यमा समन्वय गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर काठमाडौंलाई समन्वय अधिकारी तोक्न आग्रह गरिएको छ।”

संघले नागरिक उड्डयन प्राधिकरणद्वारा तोकिएको समन्वय अधिकृतको निर्देशन अनुसार उद्धार कार्य सञ्चालन गरिने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्