धनगढीबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, एक जनाको मृत्यु

बुटवल – कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटनामा हुँदा डोटीको दिपालय नगरपालिका वडा नम्बर १ कि सरस्वति खड्काको मृत्यु भएको हो ।

कपिलवस्तु प्रहरी प्रमुख सन्तोष आचार्यका अनुसार दुर्घटनामा परी गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाले जनाएको छ । गम्भीर र मध्यम अवस्थाका घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल ल्याइएको छ । बिहानको समयमा तीव्र गतिको गाडीमा मोडमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्